३ फागुन , कञ्चनरूप।


सप्तरीको डाक्नेशवरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
डाक्नेशवरी –९ स्थित महुकीमा गए राति स १ त ६१०८ नम्बरको ट्याक्टर दुर्घटना छिन्नमस्ता गाउँपालिका–३ का ३७ वर्षीय सन्तोष सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रड लोड गरि अर्नाहाबाट पत्थरगाढा तर्फ जाँदै गरेको ट्याक्टर डाक्नेशवरी महुकीमा अनियन्त्रित भएर दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ ।
उपचारकै क्रममा मृत्यु भएका सदाको पोष्ट मार्टम गर्न गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ भने अन्य घाइतेहरूको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको छ ।
दुर्घटनामा छिन्नमस्ता गाउँपालिका –३ का २९ वर्षीय श्रीप्रसाद मण्डल र १८ वर्षीय युवराज सदा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।












