

३ फाल्गुन ,कञ्चनरूप ।

सप्तरी प्रहरीले बोक्सीको आरोप मुद्दाका मुद्दा र सवारी ज्यान मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ कारागार चलान गरेको छ ।
बोक्सीको आरोप लगाउदै ०६६ वैशाख ६ गते कुटपिट गर्ने अभियुक्त सप्तरीको राजगढ गाउँपालिका –२ का रामविलास यादव १२ वर्षपछि पक्राउ परेका हुन्।
जिल्ला अदालतले २०६७ माघ १८ गते ३ महिना कैद सजाय र १० हजार रुपियाँ जरिवाना ठहर हुने फैसला गरेको थियो भने २०७१ मङ्सिर २९ गते तत्कालीन पुनरावेदन अदालत राजबिराजको इजलासले सो फैसला सदर गरेको थियो। राजगढ गाउँपालिका –२ की ४० वर्षीया सरस्वती देवी खंगको उजुरीमा कथित बोक्सीको आरोप मुद्दा दर्ता गराएकी थिइन ।
यस्तै अमरेन्द्र कुमार झाको जाहेरीअनुसार देवलाई सप्तरी जिल्ला अदालतको मिति २०७४ असार ५ गतेको फैसलाले दोषी ठहर गरी ५ महिना कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । उनलाई घरमा बसिरहेको अवस्थामा माघ २९ गते सप्तरी प्रहरीले पक्राउ गरको थियो । दुवै जनालाई जिल्ला अदालतमा सोमबार हाजिर गराई अदालतको आदेश अनुसार कैद भुक्तमानको लागि कारागार चलान गरिएको सप्तरी प्रहरीले जनाएको छ ।












