१० फाल्गुन ,सर्लाही ।


जिल्लाको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकामा स्यालको टोकाईबाट १५ जनाभन्दा बढी घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।
मंगलबार एकाबिहानै गाउँ पसेको स्यालले विष्णु गाउँपालिका (२ र ४ स्थित नदिया पकडी र पकडी गोठमा स्थानीय माथि आक्रमण आक्रमणबाट बालबालिका र वृद्धवृद्धासमेत घाइते भएका छन्।

एकाबिहानै गाउँ पसेको दुईवटा स्यालले घरमा काम गर्दै गरेका बेला आक्रमण गरी टोकेर घाइते बनाएको विष्णु गाउँपालिका वडा नम्बर -२, नदिया पकडीका रामजनम मुखियाले बताए।
स्यालले मुखियाको औंला खाइदिएको छ । यस्तै घाइतेमध्ये दुईजनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला अस्पताल प्रशासनले जनाएको छ।
बाँकी घाइतेको जिल्ला अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए। घटनाको थप विवरण आउन बाँकी छ । स्यालले फेरि जुनसुकै बेला आक्रमण गर्न सक्ने आशङ्कामा स्थानीय त्रसित बनेका छन्।












