Logo

धरानमा जेब्रा झोलामा भेटिएको शवको सनाखत, हत्यामा संलग्न दुई जना पक्राउ

                     
Logo १० फाल्गुन २०७८, मंगलवार १२:१८    

१० फाल्गुन ,धरान ।

सुनसरीको धरानमा जेब्रा झोलामा भेटिएको शवको झापाको दमक नगरपालिका –५ का ४३ वर्षीय दीपक सिग्देलको शव रहेको पत्ता लागेको प्रहरीले जानकारी दिएको छ ।

जेब्रा झोलामा अलगअलग शव भेटिएको एक सातापछि सनाखत भएको हो । शवको पहिचान नखुल्दा घटनाको अनुसन्धान असहज बनिरहेका बेला हत्या गरिएका व्यक्ति सिग्देल भएको खुलेको हो । जेब्रा झोलाभित्र प्याक गरेर सुनसरीको धरान उपमहानगरपालिका –४ स्थित धरान – भेडेटार सडक खण्डको जङ्गलमा फ्यालिएको अवस्थामा एक साताअघि शव भेटिएको थियो ।

उनको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीका लागि बहराईन पुगेर फर्किएका उनको परिवारकै सदस्यको संलग्नतामा उनको हत्या भएको पाइएको हो । 


लोकप्रिय छुटाउनुभयो कि ?