Logo

एमसीसी विरुद्ध अनेरास्ववियु (क्रान्तिकारी)को राजविराजमा प्रर्दशन ( भिडियो सहित )

                     
Logo १० फाल्गुन २०७८, मंगलवार १८:५१    

फाल्गुन १० राजविराज ।

अनेरास्ववियु (क्रान्तिकारी) सप्तरीले  अमेरिकी सहयोग परियोजना एमसीसी संसद्‍मा पेश गरेको विरुद्ध राजविराजमा मंगलबार प्रर्दशन गरेका छन ।

अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रिय सदस्य जयप्रकाश यादवको नेतृत्वमा निकालेको एक जुलुसले अमेरिकी सहयोग परियोजना एमसीसीको विरुद्ध विरोध प्रर्दशन गरेका हुन । राजविराजको शिव मन्दिरबाट निस्केको विरोध जुलुसले अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, राष्ट्रिय स्वाधीनताको रक्षा गर, देशी, विदेशी दलाल होसियार, लगायतका नारा वाजी गर्दै दशन चौकमा पुगेर कोण सभामा पूर्व विद्यार्थी नेता मधुसुदन यादव, विनोद यादव, सुनिल मण्डल,अमरकान्त ठाकुर लगायत विद्यार्थी नेताले आ आफ्नो विचार व्यक्त गरेका थिए । 

https://youtu.be/AzzrOx55MPo


लोकप्रिय छुटाउनुभयो कि ?