१० फाल्गुन ,कञ्चनरूप ।


किसानको माग पूरा नभएको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीले सरकार विरुद्ध प्रदर्शन गर्नुका साथै सप्तरी निर्वाचन कार्यालय घेराउ गरेको छ ।
मंगलबार राजविराजमा जनमत पार्टी सप्तरीका नेता तथा कार्यकर्ताहरूले संघीय तथा प्रदेश सरकार र स्थानीय तहका विरुद्ध विरोधमा प्रदर्शनसहित सप्तरीको राजविराज स्थित निर्वाचन कार्यालय घेराउ गरेका हुन् ।

किसानहरूको समस्यालाई सम्बोधन गर्न विभिन्न ११ बुँदे मागसहित विगत करिब दुई महिनादेखि आन्दोलनरत जनमत पार्टीका कार्यकर्ताहरूले निकालेको विरोध र्याली प्रर्दशनी गर्दे निर्वाचन कार्यालय घेराउ गरेका थिए ।
जनमत पार्टी सप्तरीका जिल्ला संयोजक चन्देश्वर मण्डलको नेतृत्वमा भएको विरोध प्रदर्शन तथा घेराउ गरेको कञ्चनरूप नगर संयोजक अनिल पञ्जियारले बताए ।













