Logo

नेपाली कांग्रेस सप्तरी सभापतिको लागी शत्रुधन यादवको उम्मेदवारी घोषणा

                     
Logo १० फाल्गुन २०७८, मंगलवार १९:१८    

फाल्गुन १० राजविराज ।

आगामी फागुन १५ गते हुने नेपाली कांग्रेस  जिल्ला अधिवेशनमा सप्तरी सभापतिको लागी संस्थापन पक्षबाट शत्रुधन यादवले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सभापतिमा संस्थापन पक्षबाट शत्रुधन यादवले उम्मेदवारी दिने घोषणा  मंगलबार राजविराजमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन ।

सभापति पदकी आकांक्षी निर्मला यादवले समर्थन गरेकी थिइन भने उनी क्षेत्र नम्बर १ का सभापति ललन गुप्ताले वर्तमान जिल्ला कार्य समिति सचिव रहेका यादवको नाम प्रस्ताव गरेका थिए ।

नम्बर २ का सभापति महानन्द यादव, ३ का सभापति भुपेन्द्र यादव, मधेश प्रदेशका सह महामन्त्री परशुराम चौधरी, प्रदेश सभा सदस्य मो.समिम, गीता यादव, संविधान सभा सदस्य डा. सुुबोध पोखरेल, सुरेन्द्र यादव लगायतको उपस्थिति थियो ।

उता, संस्थापन इतर पक्षले पनि एक/दुई दिनभित्रै उम्मेदवार घोषणा गर्ने तयारी थालेको इतर पक्षका काँग्रेस नेताहरूले बताए ।

 


लोकप्रिय छुटाउनुभयो कि ?