११ फाल्गुन, काठमाडौं ।


वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो ।
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका –२ धार्पाका लामाले गाएका र संगीत गरेका धेरै लोक गीतहरू नेपाली नेपालीमाझ लोकप्रिय छन् ।

उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरूमा पनि अभिनय गरेका थिए । पछिल्लो समय हास्य टेलिश्रृङ्खला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए लामाका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीत लोकप्रिय छन् ।












