Logo

सप्तरीको कञ्चनरूपमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने

                     
Logo १६ फाल्गुन २०७८, सोमबार १८:३३    

अम्बिका दहाल

१६ फाल्गुन ,राजविराज ।

सप्तरीको कञ्चनरूप नगरपालिकामा व्यवहारिकरूपको सर्वाधिक राशीको जिल्लास्तरीय वक्तृरत्वबिना प्रतियोगिता हुने भएको छ।  सगरमाथा साहित्य परिषदको आयोजनामा फागुन २५ गते हुने प्रतियोगिताबाट विद्यार्थीको मनोभाव बुझ्ने र शिक्षा क्षेत्रको विकासका लागि सुझावहरू संकलन गर्ने जनाएको छ ।

राजविराजमा सोमबार आयोजित पत्रकार सम्मेलनमा परिषद्ले प्रतियोगिताबारे जानकारी गराउँदै सर्वोत्कृष्ट हुनेले ११ हजार रुपैयाँ नगदसहित प्रथम पुरस्कार र प्रमाणपत्र पाउने जानकारी दिएको छ।

उक्त कार्यक्रममा कञ्चनरूप नगरपालिकाका प्रमुख बसन्त मिश्रले जिल्लाका सम्पूर्ण शिक्षण संस्थाबाट कक्षा ९ देखि १२ मा अध्ययनरत एक/एक जना छात्रछात्रालाई विद्यालयको सिफारिसमा सहभागी हुने बताए ।

खेलाडीमध्येका अन्तिम चरणमा उत्कृष्ट १५ जनालाई तीन शिर्षक मध्ये गोलाप्रथाबाट छनौट गरि एक शीर्षकमा ७ मिनेट बोल्न समय उपलब्ध गराइने प्रमुख मिश्रले बताए । दुबै चरणमा सर्वोत्कृष्ट हुनेलाई प्रथम पुरस्कार ११ हजार रुपैयाँ, द्वितीय पुरस्कार ८ हजार रुपैयाँ, तृतीय पुरस्कार ५ हजार हजार र सान्त्वना पुरस्कार २ जनालाई जनही २–२ हजार तथा ५ जनालाई जनही १–१ हजारका दरले समतामूलक शान्तवना पुरस्कार, प्रमाणपत्र र उपहार प्रदान गरिने आयोजकले जनाए ।


लोकप्रिय छुटाउनुभयो कि ?