Logo

जनयुद्धका शहीद परिवारहरूलाई नगदसहित सम्मान

                     
Logo १९ फाल्गुन २०७८, बिहीबार १९:३१    

१९ फाल्गुन ,राजविराज ।

जनयुद्धको समयमा शहीद भएका १२ सहिद परिवारलाई एक/एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ।

सप्तरीको राजविराजमा बिहीबार आयोजना गरिएका एक कार्यक्रमबीच आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय र मधेशी सहिद प्रतिष्ठानले संयुक्त रुपमा जनयुद्धका १२ सहिद परिवारलाई एक/एक लाख रुपैयाँ नगदसहित सम्मान गरेका हुन ।

उनले जनयुद्धका बेला सहादत भएका तथा छुटेका सम्पूर्ण शहीद परिवारलाई पनि सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे। सप्तरीका जनयुद्ध शहीद १२ जनाहरूमा  तिरहुत गापाका राम कुमार मुखिया ,जिवानन्द यादव, अग्नी साइरकृष्ण सवरन गापाका गुणानन्द चौधरी ,सुरुंगा नपाका दुर्गा पौडेल, अर्जुन कोइराला, डाकनेश्वरी नपाका रमेश राम, रामेश्वर चौधरी, राजगढ गापाका वीरेन्द्र यादव, सकलदेव यादव, राम विलास राम, वलान  विहुल  गापाका कमलेश  यादव, जुक्ति यादवको परिवारलाई मन्त्री एवम् प्रतिष्ठानका अध्यक्ष साहले एक/एक  लाख रुपैयाँ सहित सम्मान पत्र द्वारा   सम्मान गरेका थिए । सो अवसरमा प्रदेश सांसदद्वय जगत प्रसाद यादव, प्रमिला यादव ,  संविधान सभा सदस्य  एव नेकपा माओवादी केन्द्रका सप्तरी इन्चार्ज  अमर मण्डल , मन्त्रालयका सचिव राम कुमार महतो ,सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम ,  नेपाल पत्रकार महासङ्घ सप्तरी अध्यक्ष श्रवण कुमार देव, प्रतिष्ठानका सदस्य कविता ठाकुर लगायतले जनयुद्धका शहीद परिवारहरूलाई सम्मान मधेस प्रदेश सरकार, आन्तरिक मामिला तथा सन्चार मन्त्री एवम् मधेशी शहीद प्रतिष्ठानका अध्यक्ष भरत प्रसाद साहलाई धन्यवाद दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?