Logo

कांग्रेस सप्तरीको  सभापतिमा दुई उम्मेदवार

                     
Logo १८ फाल्गुन २०७८, बुधबार १७:५७    

१८ फाल्गुन , राजविराज ।

नेपाली कांग्रेस सप्तरीको जिल्ला सभापतिका उम्मेदवारहरूले प्रचारप्रसार तीव्र पारेका छन् ।

फागुन २० मा अधिवेशन हुन लागेको हो । मधेस प्रदेशको अधिवेशन सम्पन्न भएलगत्तै पुस २८ मा तोकिएको जिल्ला अधिवेशन कोरोनाका कारण स्थगित भएको थियो । माघ १५ मा दोस्रो पटक तोकिएको अधिवेशन राष्ट्रिय सभाको निर्वाचनका कारण अनिश्चित भएको थियो ।

सप्तरी कांग्रेसमा दुई पक्ष बिच प्रतिस्पर्धा हुने भएको छ । आजै राजविराजस्थित औद्योगिक क्षेत्रमा स्थापना भएको निर्वाचन कार्यालयमा पुगेर दुवै पक्षले उम्मेदवारी दर्ता गराएका हुन् । संस्थापन पक्षबाट सभापतिमा शत्रुधन यादवले उम्मेदवारी दर्ता सँगै उनको पक्षबाट उपसभापतिमा फतेह मोहम्मद र रामप्रसाद मण्डल, सचिवमा प्रभुनारायण चौधरी र सनत मण्डल तथा सहसचिवमा घनश्याम साह र मनोज खड्काले उम्मेदवारी दर्ता गराएका छन् भने संस्थापन इतरबाट सभापतिमा रामदेव साहले उम्मेदवारी सँगै उपसभापतिमा रामकुमार यादव र ध्रुव नारायण चौधरीले उम्मेदवारी दिएका छन् । यस्तै सचिवमा नन्दकिशोर यादव र दुर्गानन्द यादव तथा सहसचिवमा रामसुन्दर मण्डल र मोहम्मद मुस्लिमले उम्मेदवारी दिएका छन् । फागुन २० गते कांग्रेसको जिल्ला नेतृत्वका लागि निर्वाचन हुँदैछ । 


लोकप्रिय छुटाउनुभयो कि ?