२० फाल्गुन, राजविराज, ।


जिल्ला निर्वाचन कार्यालय घेराउ गर्न पुगेका जनमत पार्टी सप्तरीका कार्यकर्ता र प्रहरीबीच शुक्रवार झडप भएको छ ।
स्थानीय तहको निर्वाचनअघि किसानहरूले उठाएका मागहरू सम्बोधन हुनुपर्ने र साना राजनीतिक दलहरूलाई चुनाव चिन्ह प्रदान गर्नुपर्ने माग गर्दै जनमत पार्टी सप्तरीका कार्यकर्ता नारा जुलुस गर्दै निर्वाचन कार्यालय पुगेपछि कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो ।

सोही क्रममा प्रहरीले लाठी चार्ज गरेपछि सञ्जय यादव, राजेश यादव, साधन दास, कल्पना यादव र प्रभु यादव घाइते भएको जनमत पार्टीका जनमत पार्टीका कचनरूप नगर स्तरीय नेता अनिल पञ्जियारले बताए ।
अहिले जनमत कार्यकर्ता निर्वाचन कार्यालयको पूर्वतर्फ सडकमै धर्ना बसेका छन् भने निर्वाचनको कार्यक्रमअनुसार मतदाता नामावलीमा दाबीविरोधका कार्यक्रम प्रभावित नहुन दिनका लागि सो स्थानमा व्यापक रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
स्थानीय निर्वाचनअघि किसानहरूले उठाएका मागहरू सम्बोधन हुनुपर्ने र साना राजनीतिक दलहरूलाई चुनाव चिन्ह प्रदान गर्नुपर्ने माग गर्दै उनीहरूले नारा जुलुस लगाइरहेका छन ।
https://www.youtube.com/watch?v=2zc5W95-Plo












