२०, फाल्गुन राजविराज ।


नेकपा एकीकृत समाजवादी सप्तरी संघीय निर्वाचन क्षेत्र नं. २ ले आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचन सम्बन्धी पार्टीको भूमिका तथा रणनिति तय गर्दै बैठक सम्पन्न गरको छ ।
राजविराज स्थित जिल्ला पार्टी कार्यलयमा सप्तरी संघीय निर्वाचन क्षेत्र नं. २ स्तरीय पार्टी नेता कार्यकर्ताको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा पार्टीले खेल्ले भूमिका तथा रणनिति तय गर्दै शुक्रबार बैठक सम्पन्न भएको बताइएको छ ।

उक्त बैठक नेकपा एसका निर्वाचन क्षेत्र नं. २ सप्तरीका क्षेत्रिय सह इन्चार्ज बासुदेव यादवको अध्यक्षता सम्पन्न भएको थियो भने नेकपा एस सप्तरी कावा अध्यक्ष प्रताप नारायण चौधरीको प्रमुख आतिथ्यमा तथा शम्भु यादवको वशिष्ठ आतिथ्यमा समापन्न भएको थियो ।












