२० फाल्गुन, विराटनगर ।


कोशी अस्पताल विराटनगरमा पाँच महिनाको शिशुको मृत्युपछि तनाव उत्पन्न भएको छ ।
उपचारका लागि विराटनगर -६ ब्रह्मपुराका ६ महिने शिशुको मृत्यु भएपछि केहीबेर तनावग्रस्त भएको हो । मृतक शिशुलाई गएराति कोशी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

शिशुको उपचारका क्रममा मृत्यु भएपछि बिरामीका आफन्तले चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै कारवाही माग गरेर प्रदर्शनमा उत्रिएका छन् ।
सिकारु डाक्टरलाई बालकको उपचार गर्न दिएका कारण मृत्यु भएको आफन्तले बताए । मृतक बालककी आफन्तले भनिन्, ‘बाबु हासिँ रहेको थियो, बोलिरहेको थियो, सामान्य सर्दी लागेर अस्पताल ल्याएको थियो, खासै केही भएको थिएन, यो डाक्टरको लापर्बाहीका कारण मृत्यु भएको हो ।’












