Logo

काँग्रेस सप्तरीको नेतृत्व चयनका लागि औद्योगिक क्षेत्रमा  मतदान हुँदै

                     
Logo २१ फाल्गुन २०७८, शनिबार ०८:२०    

२१ फाल्गुन , कञ्चनरूप ।

नेपाली काँग्रेस सप्तरीको नेतृत्व चयनका लागि (आज) शनिबार रुपनी गाउँपालिका ५ स्थिति गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा  मतदान हुँदैछ ।

सात पदाधिकारीसहित ८२ सदस्यीय जिल्ला कार्यसमितिका लागि २ हजार ५ सय ३५  जनाले मतदान गर्ने छन । रामदेव साह र शत्रुधन यादवको प्यानल बिच कडा प्रतिष्पर्धा हुने आँकलन गरिएको छ ।

उम्मेदवारी दर्ता गराए पछि दुवैपक्ष मतदाताको घरदैलो प्रचारप्रसारलाई तीब्र बनाका थिए ।  संस्थापन पक्षबाट सभापति पदमा उम्मेदवारी दिएका शत्रुधन लाई वर्तमान सभापति समेत रहेका केन्द्रिय सदस्य दिनेश कुमार यादवको समर्थन रहेको छ भने शेखर कोइराला पक्षबाट उम्मेदवारी दिएका रामदेवलाई संघीय सांसद तेजुलाल चौधरीको समर्थन रहेको छ ।

शत्रुधनको प्यानलबाट उपसभापतिमा रामप्रसाद मण्डल र फत्तेमहम्मद, सचिवका प्रभुनारायण चौधरी र सनतकुमार मण्डल तथा सहसचिवमा घनश्याम साह घन्सी र मनोज खड्गाको उम्मेदवारी दिएका छन् ।

रामदेवको प्यानलबाट उपसभापतिमा रामकुमार यादव र ध्रुव नारायण चौधरी, सचिवमा नन्दकिशोर यादव र दुर्गानन्द यादवको उम्मेदवारी परेको छ । सहसचिव मो. मुस्लिम र रामसुन्दर मण्डलको उम्मेदवारी परेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?