अम्बिका दहाल


२१ फागुन, राजविराज, ।
नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि आज भएको मतदानमा ५ बजे सम्म २४ प्रतिसत मात्र मत खसेको भने मतदान स्थल तनाव बनेको छ ।

सप्तरीको रुपनी गाउँपालिका ५ स्थिति गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा मतदान भैरहेको मतदान स्थानमा रामदेव साह पक्षका उपाध्यक्ष पदका उममेदवार रामकुमार यादव र सचिव पदका दुर्गानन्द यादवले निष्पक्ष निर्वाचन नभएको भन्दै मत पत्र च्याते पछि मतदान स्थल तनाव ग्रस्त बनेको छ भने ५ बजे पछि मतदान कार्यक्रम स्थगित भएको छ ।
नेपाली कांग्रेस सप्तरीको कुल २ हजार ५३५ मतदाता मध्ये ६०३ मत खसेका छ । प्रतिशतमा हेर्दा करिव २४ प्रतिशतमात्र हुन आउँछ । क्षेत्र नं. १ मा ७५० मतदाता मध्ये १५८ जना ,क्षेत्र नं. २ मा ५८६ मतदाता मध्ये ,११५ जना ,क्षेत्र नं. ३ मा ६५० मतदाता मध्ये १८० जना । क्षेत्र नं. ४ मा ५८५ मतदाता मध्ये १५० जनालेमात्र मतदान गरको छन ।












