Logo

सप्तरीको अग्निसाइर कृष्णासवरनमा नेकपा एसको ५१ सदस्य गाउँपालिका कमिटी गठन

                     
Logo २१ फाल्गुन २०७८, शनिबार १८:४८    

२१ फाल्गुन, कञ्चनरूप।

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका नेकपा ( एकीकृत समाजवादी ) को ५१ सदस्य गाउँपालिका स्तरीय कमिटी गठन भएको छ ।

अग्निसाइर कृष्णासवरन गाउँपालिका स्तरीय कार्यकर्ता भेलाबाट निरेश कुमार चौधरीको अध्यक्षतामा ५१ सदस्य गाउँपालिका कमिटी गठन भएको हो । कमिटीमा उपाध्यक्ष भोटनी देवी चौधरी र धनजित चौधरी, सचिव मुकेश कोइराला ,सह सचिव नरेन्द्र कुमार चौधरी, लगायतका पदाधिकारी रहेका छन ।

उक्त भेला नेकपा ( एस) को केन्द्रिय सदस्य उपेन्द्र नारायण साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने भेलामा तथा नेकपा ( एस) मधेश प्रदेश समितका सह सचिव नारायण प्रसाद आचार्य , मधेश प्रदेश समितका सदस्य दीप नारायण चौधरी, नेकपा ( एस) सप्तरीका कावा अध्यक्ष प्रताप नारायण चौधरी जिल्ला सदस्य  अर्जुन कोइराला, समाजवादी प्रेस संगठन नेपाल शाखा सप्तरीका अध्यक्ष अनिल पोखरेल ,अनेम संघ की जिल्ला अध्यक्ष ममता चौधरी, बुद्धिजीवी परिषदका जिल्ला उपाध्यक्ष कमल राई  लगायतको सहभागिता रहेको थियो । उक्त भेला जिल्ला कमिटी सदस्य तथा अग्निसाइर कृष्णासवरन गाउँपालिका इन्चार्ज पुष्प बन्जाराको अध्यक्षतामा सम्पन्न भएको थियो ।  


लोकप्रिय छुटाउनुभयो कि ?