२१ फाल्गुन, कञ्चनरूप।


सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका नेकपा (एकीकृत समाजवादी) जनवर्गीय संगठन अखिल नेपाल महिला संघको भेलाबाट २५ सदस्य गाउँपालिका स्तरीय कमिटी गठन भएको छ ।
अग्निसाइर कृष्णासवरन गाउँपालिका स्तरीय पार्टी कार्यकर्ता भेलाबाट भोटनी देबी चौधरी अध्यक्षतामा ३५ सदस्य अनेम संघ गाउँपालिका कमिटी गठन भएको हो । कमिटीमा उपाध्यक्ष शिला लेखी , सचिव अनिताकुमारी चौधरी ,कोषध्यक्ष आइतमाया परियार, लगायतका पदाधिकारी रहेका छन ।

अनेम संघ को भेलामा नेकपा ( एस) को केन्द्रिय सदस्य उपेन्द्र नारायण साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने भेलामा तथा नेकपा ( एस) मधेश प्रदेश समितका सह सचिव नारायण प्रसाद आचार्य , मधेश प्रदेश समितका सदस्य दीप नारायण चौधरी, नेकपा ( एस) सप्तरीका कावा अध्यक्ष प्रताप नारायण चौधरी जिल्ला सदस्य अर्जुन कोइराला, समाजवादी प्रेस संगठन नेपाल शाखा सप्तरीका अध्यक्ष अनिल पोखरेल ,अनेम संघ की जिल्ला अध्यक्ष ममता चौधरी, बुद्धिजीवी परिषदका जिल्ला उपाध्यक्ष कमल राई लगायतको सहभागिता रहेको थियो । उक्त भेला जिल्ला कमिटी सदस्य तथा अग्निसाइर कृष्णासवरन गाउँपालिका इन्चार्ज पुष्प बन्जाराको अध्यक्षतामा सम्पन्न भएको थियो ।












