Logo

कांग्रेस सप्तरीको निर्वाचन स्थगित , कहिले हुने अनिश्चित ( मतदान स्थलको भिडियो सहित )

                     
Logo २१ फाल्गुन २०७८, शनिबार २०:४७    

अम्बिका दहाल

२१ फागुन, राजविराज, ।

नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि आज भएको मतदानमा विवाद भएपछि मतदान स्थगित भएको छ भने अब निर्वाचन कहिले हुने टुङ्गो लागेको छैन ।

सप्तरीको रुपनी गाउँपालिका ५ स्थिति गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा  मतदान भैरहेको मतदान स्थानमा रामदेव साह पक्षका उपाध्यक्ष पदका उममेदवार  रामकुमार यादव र सचिव पदका दुर्गानन्द यादवले निष्पक्ष निर्वाचन नभएको भन्दै मत पत्र च्याते  पछि हात हालाहालकै स्थिति आएपछि मतदान स्थगित गरिएको हो । विवादकै क्रममा दुई सय मतपत्र हराएको निर्वाचन समितिले जनाएको छ । कहिले निर्वाचन हुन्छ भन्ने टुङ्गो लागेको छैन ।

नेपाली कांग्रेस सप्तरीको कुल २ हजार ५३५ मतदाता  मध्ये ६०३ मत खसेका छ । प्रतिशतमा हेर्दा करिव २४ प्रतिशतमात्र हुन आउँछ । क्षेत्र नं. १ मा ७५० मतदाता मध्ये १५८ जना ,क्षेत्र नं. २ मा ५८६ मतदाता मध्ये ,११५ जना ,क्षेत्र नं. ३ मा ६५० मतदाता मध्ये १८० जना  । क्षेत्र नं. ४ मा ५८५ मतदाता मध्ये  १५० जनालेमात्रै मतदान गरेका थिए।

https://youtu.be/HXfnRZpZxN8


लोकप्रिय छुटाउनुभयो कि ?