Logo

सप्तकोसीमा प्ररायु संघ ( समाजवादी )को  ३५ सदस्य नगर कमिटी गठन  

                     
Logo २२ फाल्गुन २०७८, आईतवार १७:५२    

२२ फाल्गुन, फत्तेपुर।

सप्तरीको सप्तकोसी नगरपालिका नेकपा (एकीकृत समाजवादी) प्रजातान्त्रिक युवा संघ नेपाल ( समाजवादी )को भेलाबाट ३५ सदस्य नगरपालिका स्तरीय कमिटी गठन भएको छ ।

सप्तकोसी नगरपालिका स्तरीय पार्टी कार्यकर्ता भेलाबाट सञ्जीव राई  अध्यक्षतामा ३५ सदस्य प्ररायु संघ  नगरपालिका कमिटी गठन भएको हो । कमिटीमा सञ्जीव राई  अध्यक्ष ,उपाध्यक्ष ५ जना , सचिव  ,कोषध्यक्ष  ३५ सदस्य लगायतका पदाधिकारी रहेका छन ।

प्ररायु संघको भेलामा नेकपा ( एस) को केन्द्रिय सदस्य उपेन्द्र नारायण साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने भेलामा तथा नेकपा ( एस) मधेश प्रदेश समितका सह सचिव नारायण प्रसाद आचार्य , मधेश प्रदेश समितका सदस्य दीप नारायण चौधरी, अनेम संघ ( समाजवादी ) की केन्द्रिय सदस्य अनारबत्ती चौधरी, समाजवादी प्रेस संगठन नेपाल केन्द्रिय सदस्य अम्बिका दहाल अनेम संघ की जिल्ला अध्यक्ष ममता चौधरी , समाजवादी प्रेस संगठन नेपाल शाखा सप्तरीका अध्यक्ष अनिल पोखरेल , नेकपा ( एस) जिल्ला कमिटि सदस्य पुष्प बन्जारा, लेखनाथ धिमिरे  सहभागिता रहेको थियो । उक्त भेला नेकपा ( एस) सप्तकोसी नगर कमिटी अध्यक्ष  फेकुलाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।   

 


लोकप्रिय छुटाउनुभयो कि ?