Logo

कम्युनिष्ट नेता कृष्णराज बर्माको निधन

                     
Logo २२ फाल्गुन २०७८, आईतवार १८:५२    

२२, फाल्गुन कञ्चनरूप ।

कम्युनिष्ट नेता कृष्णराज बर्माको  ९३ वर्ष  आज निधन भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि ह्याम्स अस्पताल भर्ना भएका उनलाई आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

९३ वर्ष बर्माको अक्सिजनको लेभल कम भएको र फोक्सोमा पनि समस्या देखिएकाले  ह्याम्स अस्पतालको  आईसीयूमा राखेर उपचार हुँदै आएको थियो ।

२००७ सालको राणा विरोधी आन्दोलनमै सामेल कम्युनिष्ट नेता बर्मा २०४६ सालको जनआन्दोलनका एक प्रमुख नेता हुन् । उनी नेतृत्वको नेकपा पञ्चायत विरोधी आन्दोलनमा वाम घटकमा सामेल थिए ।  ।

वर्मा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएकै वर्ष २००६ सालदेखि नै निरन्तर कम्युनिष्ट पार्टीमा क्रियाशील थिए। उनी २००७ सालको क्रान्तिका पनि एक जना योद्धा थिए । उनले केही कम्युनिष्ट दर्शनका पुस्तक र सयौँ सङ्ख्यामा लेखहरू लेखेका छन् ।

०४६ सालपछि उनले नेकपा (वर्मा) नामको पार्टी गठन गरी त्यसको अध्यक्ष समेत रहिसकेका छन् । सप्तरीमा जन्मेका उनी केही वर्षदेखि काठमाडौंमै बस्दैआएका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?