२३ कञ्चनरूप , फाल्गुन ।


कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि पुन फाल्गुन २४ गते राजविराज स्थित प.बि.मा.बि स्कुल हुने भएको छ ।
सप्तरीको रुपनी गाउँपालिका ५ स्थिति गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा मतदान भैरहेको मतदान स्थानमा रामदेव साह पक्षका उपाध्यक्ष पदका उममेदवार रामकुमार यादव र सचिव पदका दुर्गानन्द यादवले निष्पक्ष निर्वाचन नभएको भन्दै मत पत्र च्याते पछि मतदान स्थल तनाव ग्रस्त बनेको छ भने ५ बजे पछि मतदान कार्यक्रम स्थगित भएको थियो।

२० गते भएको मतदानमा ४ क्षेत्रका ४ वटा बुथ भएकोले साँझ सम्ममा ५ बजे सम्म २४ प्रतिशत मात्र मत खसेकोले २४ गतेका लागी प्रत्येक निर्वाचन क्षेत्रमा दुईबाट अर्थात प्रदेश सभा निर्वाचन क्षेत्रअनुसार को ८ वटा बुथ निर्धारण नहुनेभएको छ ।
कुल २ हजार ५३५ मतदाता मध्ये ६०३ मत खसेका थियो । क्षेत्र नं. १ मा ७५० मतदाता मध्ये १५८ जना ,क्षेत्र नं. २ मा ५८६ मतदाता मध्ये ,११५ जना ,क्षेत्र नं. ३ मा ६५० मतदाता मध्ये १८० जना । क्षेत्र नं.४ मा ५८५ मतदाता मध्ये १५० जनाले मात्र मतदान गरका थिए ।












