Logo

सप्तरीको राजविराज नगरपालिकामा आज सार्वजनिक बिदा

                     
Logo २३ फाल्गुन २०७८, सोमबार ०८:०६    

२३ , फाल्गुन ,राजविराज ।

राजविराज नगरपालिकाले मलेठ घट्नामा सहादत प्राप्त गरेका ५ जनाको स्मरणमा आज (सोमबार) सार्वजनिक बिदा दिएको छ ।

२०७३ साल फाल्गुन २३ का दिन ५ जनाको ज्यान जाने गरी  तत्कालीन मलेठ गाविसमा भएको मलेठ घट्नाको स्मरणमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो । नेकपा एमालेले शुरु गरेको मेची महाकाली राष्ट्रिय अभियानको कार्यक्रम गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा गरेको थियो । तत्कालीन मधेशी मोर्चाले यहाँ कार्यक्रम हुन नदिने भन्दै प्रदर्शन गर्दै अवरोध गर्न खोजेका थिए । तथापि एमालेले आफ्नो कार्यक्रम गरिसकेको अवस्थामा र माहौल शान्त भइसकेको अवस्थामा प्रहरीले चलाएको गोलीबाट ५ जनाको मृत्यु भएको थियो । प्रहरीको गोली लागी मलेठका सञ्जन मेहता, पिताम्बर मण्डल र बिरेन्द्र महतो, प्रसवनीका आनन्द साह तथा जमुनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो । सरकारले यी पाँचै जनालाई शहीद घोषणा गरिसकेको छ । पाँचै जनाले  सहादत प्राप्त गरेका ५ जनाको स्मरणमा  सार्वजनिक बिदा दिइएको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले जानकारी दिए । 


लोकप्रिय छुटाउनुभयो कि ?