Logo

सप्तरीमा विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो

                     
Logo २५ फाल्गुन २०७८, बुधबार ०७:३२    

२४ फाल्गुन, राजविराज,  ।

नेकपा (एकिकृत समाजवादी) जनवर्गीय संगठन अखिल नेपाल महिला संघ ( समाजवादी )  संघ द्वारा राजविराजमा मंगलबार एक सय १२औं अन्तर्राष्ट्रिय नारी दिवस भव्यताको साथ मनाएको छ । अनेम संघ सप्तरीकी अध्यक्ष ममता चौधरीको अध्यक्षता तथा अनेम संघ केन्द्रिय सदस्य अनार चौधरीको प्रमुख आतिथ्यमा प्रमुख आतिथ्यमा नारी दिवस मनाएको थियो ।

प्रदेश सदस्य रिता चौधरी ,नेकपा एसका कार्यवाहक अध्यक्ष प्रताप  नारायण चौधरी , लगायतले मन्तव्य दिएका थिए । महिलाहरूको १०० मिटर दौड तर्फ प्रथम रिता कुमारी  सदा  , दोस्रो सरिता चौधरी र तेस्रो कृष्णी देवी सदा भए भने विद्यार्थीको १०० मिटर दौड तर्फ प्रथम आरती यादव , दोस्रो कविता यादव र चन्द्रकला चौधरी भएकी थिए ।  त्यसैगरी घैला फोर्ने खेलमा गीता बराल ,पार्वती चौधरी र दुर्गा कुमारी शर्मा सफल भएका थिए । स्वागत अनेम संघ ( समाजवादी) सप्तरी  अध्यक्ष अम्बिका दहालले गरेकी थिएन र सञ्चालन  चन्द्रकला चौधरीले गरेकी थिइन ।  राजरंगशालामा महिलाहरुको दौड , घैला फोर्ने , सेल्फ डिफेन्सका सिकाइ जस्ता कार्यक्रम गरि मनाइयो ।

यसैगरी राजविराज जेसीजले ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सेनिटरी प्याड वितरण  गरको छ । जेसीजले जनआन्दोलन चौकको पश्चिमपट्टि गरिएको कार्यक्रममा ग्रामीण भेग तथा सहरी भेगका महिलाहरूको आवतजावत हुने सो चौकमा यस कार्यक्रमको संयोजक जेसी रंजना चौधरीले सहजिकरण गरेकी थिइन्। कार्यक्रमको अध्यक्षता राजविराज जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी राजेश कुमार मण्डलले गरेका थिए भने कार्यक्रम सफल बनाउन जेसीजका पदाधिकारीहरूको समेत उल्लेखनीय भूमिका रहेको बताइएको छ ।

यस्तै उता जसपा निकट समाजवादी महिला संघ द्वारा राजविराजमा मंगलबारै अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । महिला संघ सप्तरीका कार्यवाहक अध्यक्ष प्रमिला साहको अध्यक्षता तथा मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहको प्रमुख आतिथ्यमा नारी दिवस मनाएको थियो भने कार्यक्रममा मधेश प्रदेशका विकास मन्त्री साह को उपस्थितिरहेको थियो ।

यसैगरी सप्तरीका १८ वटै स्थानिक तहमा विभिन्न कार्यक्रमका साथ सय १२औं अन्तर्राष्ट्रिय नारी दिवस भव्यताको साथ मनाएको थियो।


लोकप्रिय छुटाउनुभयो कि ?