अम्बिका दहाल


२५ राजविराज , फाल्गुन ।
कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि हिजो भएको निर्वाचनमा २ हजार ३ सय ४२ जनाले मतदान गरेका छन ।

फाल्गुन २१ गते गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भैरहेको मतदानमा मत पत्र च्याते पछि विवादीत भएको कांग्रेस सप्तरीको जिल्ला कार्यसमितिको निर्वाचन पुन फाल्गुन २४ गते राजविराज स्थित प.बि.मा.बि स्कुलमा सम्पन्न भएको थियो ।
कांग्रेस सप्तरीको कुल मतदाता २५३५ मध्ये २३४२ मत खसेको मतदान अटिएका मतदान अधिकृत डा. रुद्र शर्माले जनाएका छन ।
क्षेत्र नं १ मा ७५० मतदाता मध्ये ६६१ ,क्षेत्र नं. २ मा ५८६ मतदाता मध्ये ५०४, क्षेत्र नं. ३ मा ६५० मतदाता मध्ये ६२९ र क्षेत्र नं.४ मा ५८५ मतदाता मध्ये ५४८ मत खसको छ ।भने मत गणना आजै हुने भएको छ । सहायक निर्वाचन अधिकृत सन्तोष भण्डारीका अनुसार मंगलबार बिहान ८ बजे देखि मतदान सुरु हुने भनिएको निर्वाचन केही प्रविधिको कारण ११ः३० बजे देखि निर्वाचन सुरु जनाएका छन ।
यसअघि रुपनी गाउँपालिका स्थित वडा नम्बर ६ बसबिट्टी स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा निर्वाचन भएको थियो । पछिल्लो समय राजविराज नगरपालिका वडा नम्बर ५ स्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा निर्वाचन सम्पन्न भएको थियो । मतदानको समयमा सुरक्षा ब्यवस्था कडा गरिइएको थियो ।
फाल्गुन २१ गत सप्तरीको रुपनी गाउँपालिका ५ स्थिति गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा मतदान भैरहेको मतदान स्थानमा रामदेव साह पक्षका उपाध्यक्ष पदका उममेदवार रामकुमार यादव र सचिव पदका दुर्गानन्द यादवले निष्पक्ष निर्वाचन नभएको भन्दै मत पत्र च्याते पछि मतदान स्थल तनाव ग्रस्त बनेको छ भने ५ बजे पछि मतदान कार्यक्रम स्थगित भएको थियो।
२० गते भएको मतदानमा ४ क्षेत्रका ४ वटा बुथ भएकोले साँझ सम्ममा ५ बजे सम्म २४ प्रतिशत मात्र मत खसेकोले २४ गतेका लागी प्रत्येक निर्वाचन क्षेत्रमा दुईबाट अर्थात प्रदेश सभा निर्वाचन क्षेत्रअनुसार को ८ वटा बुथ निर्धारण नहुनेभएको छ ।
कुल २ हजार ५३५ मतदाता मध्ये ६०३ मत खसेका थियो । क्षेत्र नं. १ मा ७५० मतदाता मध्ये १५८ जना ,क्षेत्र नं. २ मा ५८६ मतदाता मध्ये ,११५ जना ,क्षेत्र नं. ३ मा ६५० मतदाता मध्ये १८० जना र क्षेत्र नं.४ मा ५८५ मतदाता मध्ये १५० जनाले मात्र मतदान गरका थिए ।












