Logo

 पाठ्यक्रममा उर्दू  शिक्षा पनि समावेश गरिनुपर्ने : इस्लामी संघ नेपाल मधेश प्रदेश

                     
Logo २६ फाल्गुन २०७८, बिहीबार १०:०५    

अम्बिका दहाल

२६ फाल्गुन , राजविराज ।

मुस्लिम महिलाहरूको शिक्षाको विकास गर्न अब शिक्षामा अघि बढाइनुपर्ने र पाठ्यक्रममा उर्दू  शिक्षा पनि समावेश गरिनुपर्ने  कम रहेको राजविराजमा बुधबार आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन ।

राष्ट्रव्यापी महिला अधिकार अभियानद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताहरूले उक्त कुरा बताएका हनु।

पत्रकार महासंघ शाखा सप्तरीका उपाध्यक्ष अम्बिका दाहालले मुस्लिम महिलाहरू देशका हरेक क्षेत्रमा आफ्नो सहभागिता देखाउन र सहभागी हुन जरुरी रहेका  बताईन ।

२० गतेदेखि २६ गतेसम्म  पश्चिम कैलाली देखि बर्दिया हुँदै पूर्वी झापासम्म यो अभियान थालेको  इस्लामी संघ नेपाल मधेश प्रदेश पूर्वी (क) का अध्यक्ष अब्दुल मन्नानले बताए ।

इस्लामिक धर्ममा महिलालाई धेरै स्थान दिएको र इस्लामिक धर्म ग्रन्थ कुरानमा पनि महिलाको हरेक सम्मानका कुरा उल्लेख भएको बताए । एक महिलाको बिहे हुने बेलामा बिहे गर्ने केटाले बिहेपछि सम्पूर्ण खर्च  बेहोर्नुपर्ने बाचा गर्नुपर्ने  चलन उल्लेख  रहेको र त्यस्तै वाचा पुरा गरिरहेको पनि बताए  । अब  मुस्लिम महिलाहरूको शिक्षाको विकास गर्न अब शिक्षामा अघि बढाइनुपर्ने र पाठ्यक्रममा उर्दू  शिक्षा पनि समावेश गरिनुपर्ने बताए ।  आर्थिक कमजोरका कारण मुस्लिम महिला शिक्षामा पछि परेको र अबका दिनमा सरकारले पनि मुस्लिम समुदायको लागी विशेष जोड शिक्षामा देओस् ।

इस्लाम संघ नेपालका केन्द्रिय सदस्य कलिम खान , महिला नेतृ पुनम यादव , सञ्चारकर्मी करुणा झा , ललिता साह ,अम्बिका दहाल सुधा देव , माला कर्ण  बौद्ध धर्मका जिल्ला अध्यक्ष महेश चौधरी , बद्री नारायण झा , राजनीतिकर्मी युसुफ अलि  लगायतको उपस्थिति थियो । 


लोकप्रिय छुटाउनुभयो कि ?