Logo

सप्तरीका विभिन्न स्थानमा होलिको शुभकामना आदानप्रदान कार्यक्रम

                     
Logo २ चैत्र २०७८, बुधबार २०:००    

अम्बिका दहाल

२ चैत ,राजविराज ।

लोकतान्त्रिक समाजवादी पार्टी सप्तरीले आज सप्तरीको राजबिराजमा होलीको शुभकामना  आदानप्रदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा महिलाहरूले होली पर्व रङ्गको पर्व भएकोले समाजमा एकआपसमा सद्भाव साटासाट र मनमुटावलाई मेटाइने बताए । देशमा बालिकाहरू धेरै बलात्कृत भई हत्या भैरहेको र कानुन बमोजिम कारवाही नभएको र कानुन फितलो रहेको बताए।

आगामी स्थानीय  चुनावमा महिलाको सहभागिता पुरुष बराबर हुनुपर्ने र बलात्कारलाई  र  महिला हिंसाको दोसिलाई कारवाही गर्ने कानुन कडा भन्दा कडा  बनिनु पर्नेमा जोड दिए ।

राजबिराज नगरपालिकाकी उपमेयर साधना झाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार  महासङ्घकी केन्द्रिय सदस्य ललिता साह , नेपाल पत्रकार महासंघ शाखा सप्तरीकी  उपाध्यक्ष अम्बिका दहाल, पत्रकार प्रिय सिंह थारू ,पत्रकार पिन्की झा, उपमेयर रञ्जु साह , नेपाली काङ्ग्रेस प्रदेश सदस्य पवनदेवी, लोसपा जिल्ला सदस्य रिशु चौधरी गीता खङ ,लक्ष्मी रजक ,आदिले, जयनारायण यादव , मन्तव्य दिएका थिए । लोसपाकी केन्द्रिय सदस्य पुनम कुमारी यादवको अध्यक्षतामा  जिल्ला विकास समितिको हलमा भएको उक्त कार्यक्रममा मानती सदाले स्वागत मन्तव्य दिएकी थिएन ।

यस्तै यसैगरी मिडिया युथ टेक्नोलोजीको आयोजनामा राजविराजमा होली गायन प्रतियोगिता तथा होली महोत्सव आयोजना गरेका छन् । प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

यता सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १ स्थित रुपनीमा बुधबार होली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ । समाजवादी युवासंघ रुपनी गाउँपालिकाले रङ्गको पर्व होलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो ।


लोकप्रिय छुटाउनुभयो कि ?