Logo

शान्तिपूर्ण तथा सुरक्षाको मापदण्ड अपनाई होली मनाउन प्रशासन कार्यालय सप्तरीको आग्रह

                     
Logo १ चैत्र २०७८, मंगलवार १४:०१    

१ चैत्र , कञ्चनरूप।

जिल्ला प्रशासन कार्यालय सप्तरीले आज इक सूचना प्रकाशित गर्दै चाडपर्वको नाममा अवाञ्छित कार्यहरू नगर्न नगराउन आग्रह गरको छ ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको हस्ताक्षरमा जारी सूचनामा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सार्वजनिक स्थानमा होहल्ला गर्ने जस्ता अवाञ्छित क्रियाकलाप नगरी सभ्य र शान्तिपूर्ण ढंगले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई चाडपर्व मनाउन जिल्लावासीमा हार्दिक अपिल भनिएको छ । ।’

चाडपर्व मनाउने नाममा कसैको इच्छा विपरित रङ्ग तथा लोला नहान्न आग्रह गर्दे होलीको उपलक्ष्यमा शुभकामना दिएका छन ।

अवाञ्छित एवम् कानून विपरित कार्य गरे गराएको पाइएमा कानून बमोजिम कारवाही हुने सूचनामा जनाइएको छ । 


लोकप्रिय छुटाउनुभयो कि ?