चैत्र ६ कञ्चनरूप ।


नेपाल अडिटर्स एशोसिएसन सप्तरीले आर्थिक चलखेलका आधारमा बिचौलिया मार्फत कञ्चनरूप नगरपालिका भित्रका सामुदायिक विद्यालयको लेखापरीक्षण गइरहेको आरोप लगाएका छन् ।
नेपाल अडिटर्स एशोसिएसन सप्तरीले आइतबार कञ्चनपुरमा पत्रकार सम्मेलन गर्दै लेखापरीक्षक नियुक्तिमा अनियमितता भएको भन्दै छानविन गरि कार्यवाही गरिनु पर्ने माग गरेका छन्।

यता कञ्चनपुर नगरपालिकाका शिक्षा शाखाले भने लेखापरीक्षण गर्न सूचीकृत लेखापरीक्षकहरूको नामावली विद्यालयलाई पठाएको र विद्यालयले छनौट गरेको लेखापरीक्षक नियुक्ति दिएकोले कानून सम्वत् कार्य भएको भन्दै लेखापरीक्षक नियुक्तिमा कुनै प्रकारको अनियमित नभएको बताएको छ ।
पत्रकार सम्मेलनमा नेपाल अडिटर्स एशोसिएसनका मधेश प्रदेशका उपाध्यक्ष सुदम्बर यादवले भने,‘ संघीयताको मर्म विपरीत बाहिरका लेखापरीक्षकलाई शिक्षा शाखाका कर्मचारीहरूले आर्थिक चलखेल गरेर तीन वर्षको लेखापरीक्षक गर्न दिएको छ ।हामी त्यसको विरोध गरेका हौं।’
कञ्चनरूप नगरपालिकाको ३२ सामुदायिक विद्यालयहरूले आ.ब. २०७५/०७६ देखी २०७७/७८ सम्म तीन वर्षको हालसम्म लेखापरीक्षण नभएको हुँदा । नगरपालिकाको शिक्षा शाखाले ती विद्यालयहरूको लेखापरीक्षणको लागि प्रदेश १ का ११, मधेश प्रदेशको लहानका एक तथा सप्तरीका ३ जना लेखापरीक्षकहरूलाई नियुक्त गरेको थियो ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव को नेतृत्वमा दर्जनौँ पत्रकारहरूको सहभागिता थिए।












