अम्बिका दहाल


६ चैत्र ,राजविराज ।
नेपाल प्रहरीले स्थानीय तह निर्वाचनका लागि आजदेखि म्यादी प्रहरीका लागि आवेदन माग गरेको छ। सप्तरी लगायत देशका सबै जिल्ला प्रहरी कार्यालयबाट योग्यता पुगेका इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्नेछन्।

आवेदन खुलेसँगै सप्तरीको राजविराजस्थित राज रङ्गशालामा हजारौं युवाको भिड लागेको छ । जिल्ला प्रहरी कार्यालयमा धेरै भिडभाड हुने भएकाले राज रङ्गशालामा भर्नाको आवेदन भर्ने प्रकृयाको सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक अबिनारायण काफ्ले जानकारी दिए ।
सप्तरी मात्रै तीन हजार एक सय ३९ जना माग गरिएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका योग्य व्यक्तिले चैत ११ सम्म दरखास्त दिन सक्नेछन्।
म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । त्यसका लागि मासिक रु ३० हजार २४० पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्न बापत ७ हजार २००, पोसाक र अन्य खर्च गर्ने गरी ६ हजार रुपैयाँ, यातायात खर्चबापत १ हजार र बीमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
निर्वाचनका लागि देशभरीबाट १ लाख म्यादी प्रहरीको माग गरिएको छ । आवेदनका लागि अठार वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्ने भए पनि पूर्वनेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिने जनाइएको छ ।
https://youtu.be/5XmeCi85D1k












