Logo

सप्तरी कांग्रेस जिल्ला सदस्यमा भूगोल तर्फबाट पोखरेल र आचार्य विजयी 

                     
Logo ६ चैत्र २०७८, आईतवार ०९:१५    

६ चैत्र, कञ्चनरूप ।

सप्तरी नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत गणना सकिएको छ भने भूगोल तर्फको जिल्ला सदस्यमा अत्याधिक मतका साथ  मुना पोखरेल र अशोक कुमार आचार्य विजयी भएका छन ।

पोखरेल १२०४ मत ल्याएर विजयी हुँदा उनको प्रतिवद्धताका रूपमा रहेकी निशु काफ्लेले ७६८ मत ल्याएकी थिइन ।

संस्थापन पक्ष (शत्रुधन प्रसाद यादव )को समुहबाट उमेदवारीमा दिएकी पोखरेल ले कञ्चन २४ सँग संक्षिप्‍त कुराकानीमा बहुमतका साथ विजयी गराउनु भएकोमा सबैलाई धन्यवाद दिदै कांग्रेसको नीति नियम तथा प्रदेश केन्द्रको निर्णय अनुसार अगाडिमा आफ कटिवद्घ रहने बताई ।

यसै गरी अधिवेशनबाट भूगोल तर्फका  अशोक कुमार आचार्यले  १११३ मत का साथ विजयी हुँदा डा  देवनारायण यादवले २८९ ल्याएका थिए ।

यस अधि नै सप्तरीको सभापति बाहेकको पदाधिकारीमा संस्थापन पक्षका उम्मेदवारहरू विजयी भएका छन् । सभापति पदमा संस्थापन पक्षका उम्मेदवारलाई पराजित गर्दै शेखर कोइराला समूहका रामदेव साह निर्वाचित भएका थिए ।

सभापतिको पदको मतगणना पश्चात् शुक्रबार बिहानबाट पदाधिकारी पदको गणना सुरु गरिएको थियो । शनिबार दिउँसो सम्पन्न भएको पदाधिकारी गणनाको मत परिणामअनुसार उपसभापति, सचिव र सहसचिव पदमा सबै संस्थापन पक्षका उम्मेदवार विजयी भएका छन् ।

 

 


लोकप्रिय छुटाउनुभयो कि ?