५ चैत्र, कञ्चनरूप ।


सप्तरीको कञ्चनरूपमा विभिन्न पार्टी परित्याग गरि सात दर्जनभन्दा बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
शनिवार कञ्चनरूप वडा नं. ७ स्थित आर्दश टोलमा नवनिर्वाचित क्षेत्र नंं. १ मा समितिका पदाधिकारी र सदस्यहरूलाई पदको पदस्थापन तथा प्रमाण पत्र वितरण कार्यक्रममा पार्टी प्रवेश गराइएको नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति ललन प्रसाद गुप्ताले बताए।

नवप्रवेशी पूर्व डीएसपी शिव कुमार पोखरेल , जसपाका रामदेव मण्डल, रुद्रबहादुर कटुवाल, लगायत ८५ जनालाई नेपाली काँग्रेस केन्द्रीय सदस्य दिनेश यादव , मधेश प्रदेशका सह महा मन्त्री , परशुराम चौधरी, संविधान सभा सदस्य मुन्नी कुमारी गुप्ता ,सप्तरी क्षेत्र नं.१ का सभापति गुप्ता , लगायतकाले दोसल्ला तथा फूलमाला गरि स्वागत गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रममा क्षेत्रीय सभापति ललन प्रसाद गुप्ता, महाधिवेशन प्रतिनिधि निरू पोखरेल प्रदेश ९क० उपसभापति जगत कटुवाल , बद्री श्रेष्ठ कार्य समिति, क्षेत्रीय सदस्य र पार्टी कार्यकर्ता लगायत को उपस्थितिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य दिनेश यादव , मधेश प्रदेशका सह महा मन्त्री , परशुराम चौधरी, संविधान सभा सदस्य मुन्नी कुमारी गुप्ता पूर्व वातावरण मन्त्री हेमराज तातेड, पूर्व मन्त्री रमनी राम , काँग्रेस सप्तरी सभापति रामदेव साह, शत्रुधन प्रसाद यादव लगायत महाधिवेशन प्रतिनिधिहरू मिना चौधरी , हेम नारायाणन चौधरी तेज नारायण यादव, बलराम खङ्ग, रामअवतार यादव , भुवनेश्वर साफी शत्रुधन प्रसाद यादव, ज्योति झा हेमन्त जैन सत्य जित झा, खगेन्द्र कर्ण मो नसार पार्वती देवी माझी बैजनाथ प्रसाद गुप्ता रमादेवी मण्डल कल्पना चौधरी ,महेन्द्र प्रसाद यादव तथा नेपाली कांग्रेस सप्तरी क्षेत्र नं।१ प्रदेश (क) उप सभापतिहरु ४८ वटै वडा वडा अध्यक्ष तथा जगत कटुवाल , सप्तकोसी नगर सभापति युवराज खनाल , अग्नीसाइर कृष्ण सवरणका सभापति रोशन मडर लगायतका वक्ताहरू रहेका थिए ।













