महेन्द्र सदा


५ चैत्र, पातो ।
डाक्नेश्वरी नगरपालिका वडा नं ३ हटैलमा क्रिकेट टुर्नामेन्ट आज़ सम्पन्न भएको छ।

उक्त खेल श्री रामजानकी मैथिल युवा क्लब हटैल को आयोजनामा स्टार ११ लौकही , मधुवनी ,बिहार, भारत तथा हिमालयन क्लब कटैया डाक्नेश्वरी. ६, सप्तरी, नेपाल बिच सम्पन्न भएको थियो।
विजेता टीम लौकहीका सोनु सुल्तान ले ३३ वल मा ६ चौका १२ छका समेत १०१ रन बनाई मैन अफ दि म्याचरसिरिज एवम् शिल्ड मेडल र नगद रू १५ हजार प्राप्त गरेको थियो।
उप विजेता टीम का कप्तान लालेश्वर सदा ले ८ वल मा २ चौका समेत ९ रन बनाई वेस्ट कप्तान एवम शिल्ड मेडल नगद रु ११ हजार प्राप्त गरेको थियो ।
विजेता टीम ले टस जितेर ब्याटिङ गरी २० ओभर खेल्दै २९० रन बनाई एल आउट भए पछि उप विजेता टीम जबाफी ब्याटिङमा १४९ रन बनाई एल आउट भए।
पुरस्कार वितरण समारोह का प्रमुख अतिथि मधेस प्रदेश माननीय बिक्की यादव एवम् नगर प्रमुख शि नारायण शाह, समाजसेवी तथा नागरिकहरू सहभागिता रहेको थियो।













