Logo

कम्युनिष्टहरूले MCC को नाममा काँग्रेसको बदनाम गराउन खोजेका थिए तर काँग्रेस भ्रम चिरेर देखायो :दिनेश यादव

                     
Logo ५ चैत्र २०७८, शनिबार १९:५२    

५ चैत्र ,कञ्चनरूप ।

नेपाली काँग्रेस केन्द्रीय सदस्य दिनेश कुमार यादवले कम्युनिष्टहरूले MCC को नाममा काँग्रेसको बदनाम गराउन खोज्या थिए तर अहिले काँग्रेस त्यो भ्रम चिरेर देखाएको बताए  ।

नेपाली काँग्रेस सप्तरी क्षेत्र नंं. १ का नवनिर्वाचित पदाधिकारीहरू पदस्थापन एवं प्रमाणपत्र वितरण तथा पार्टी  कार्यलयको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन ।

केन्द्रीय सदस्य यादवले स्थानीय , प्रदेश र संघीय चुनावमा कम्युनिष्टहरूले छरेको यस भ्रमलाई चिरेर जनता सामु छर्लङ्ग हुने बताए । यादवले भने नेपाली कांग्रेसले १४ औ महाधिवेशनमा वातावरणले अन्य दलको सातो गएको समेत बताए । १४ औं महाधिवेशन पार्टीको आन्तरिक प्रतिस्पर्धा भएकाले यसको परिणामसँगै अब सबैजना एकैठाउँमा मिलेर पार्टीको संगठन विस्तारमा लाग्नुपर्ने बताए ।उनले अधिवेशनका बेला आन्तरिक प्रतिस्पर्धालाई अब बिर्सेर अब आउने स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनका लागि सबै आ–आफ्नो ठाउँबाट अगाडि बढ्नका लागि आग्रह गरे ।

त्यसै गरी  नेपाली काँग्रेस मधेश प्रदेशका सह महा मन्त्री परशुराम चौधरीले अब हुनै तीन नै तहको निर्वाचनमा नेपाली काँग्रेस पहिलो कसरी हुन्छ त्यस तर्फ लाग्न कार्यकर्तालाई आग्रह गरे । चौधरीले भने टोल टोलमा गएर कांग्रेस जिताउ अभियानमा लाग्न अनुरोध गर्न । नेपाली काँग्रेस अधिवेशन प्रक्रिया देखेर अन्य दलहरू हल्लिएको बताए ।

यसै गरी नेपाली काँग्रेस क्षेत्र नं. १ का सभापति ललन प्रसाद गुप्ताले १४ औं महाधिवेशन सकिए सँगै हाम्रो बिचको मनमुटाब पनि समाप्त भएको बताए । आगामी निर्वाचनमा स्थानीय प्रदेश र संघीय सम्म, कांग्रेसको चार तारे झण्डा फहराउन पार्टी एक भएर लाग्ने बताए ।

नेपाली काँग्रेस सप्तरी क्षेत्र नंं. १ का नवनिर्वाचित अध्यक्ष , ललन प्रसाद गुप्ता, सचिव दुर्गा भट्टराई लगायत पदाधिकारीहरू पदस्थापन एवं प्रमाणपत्र वितरण गरिएको थियो भने केन्द्रीय सदस्य दिनेश कुमार यादव ,मधेश प्रदेशका सह महामन्त्री परशुराम चौधरी , महाधिवेशन प्रति निधि , तथा नेपाली काँग्रेस  क्षेत्र नंं. १ क र ख का  सभापति उप सभापति नेपाली काँग्रेस  क्षेत्र नंं. १ का ४८ वडा अध्यक्षहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

यसै बिच नेपाली काँग्रेस सप्तरी क्षेत्र नंं. १ को पार्टी कार्यलय समेत उद्‌घाटन भएको थियो ।

 


लोकप्रिय छुटाउनुभयो कि ?