५ चैत्र, कञ्चनरूप ।


नेपाली काँग्रेस सप्तरी क्षेत्र नंं. १ का नवनिर्वाचित पदाधिकारीहरू पदस्थापन एवं प्रमाणपत्र वितरण गरिएको छ ।
शनिवार कञ्चनरूप वडा नं. ७ स्थित आर्दश टोलमा नवनिर्वाचित क्षेत्र नंं. १ मा समितिका पदाधिकारी र सदस्यहरूलाई पदको पदस्थापन तथा प्रमाण पत्र वितरण गरिएको हो ।

कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य दिनेश यादव , मधेश प्रदेशका सह महा मन्त्री , परशुराम चौधरी, संविधान सभा सदस्य मुन्नी कुमारी गुप्ता पूर्व वातावरण मन्त्री हेमराज तातेड, पूर्व मन्त्री रमनी राम , काँग्रेस सप्तरी सभापति रामदेव साह, शत्रुधन प्रसाद यादव लगायत महाधिवेशन प्रतिनिधिहरू मिना चौधरी , हेम नारायाणन चौधरी तेज नारायण यादव, बलराम खङ्ग, रामअवतार यादव , भुवनेश्वर साफी शत्रुधन प्रसाद यादव, ज्योति झा हेमन्त जैन सत्य जित झा, खगेन्द्र कर्ण मो नसार पार्वती देवी माझी बैजनाथ प्रसाद गुप्ता रमादेवी मण्डल कल्पना चौधरी ,महेन्द्र प्रसाद यादव तथा नेपाली कांग्रेस सप्तरी क्षेत्र नं.१ प्रदेश (क) उप सभापतिहरु ४८ वटै वडा वडा अध्यक्ष तथा जगत कटुवाल , सप्तकोसी नगर सभापति युवराज खनाल , अग्नीसाइर कृष्ण सवरणका सभापति रोशन मडर लगायतका वक्ताहरू रहेका थिए ।













