५, चैत्र, कञ्चनरूप ।


सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नं. १ मा नेकपा ( एकीकृत समाजवादी ) को ३१ सदस्य वडा स्तरीय कमिटी गठन भएको छ ।
अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नं. १ स्तरीय कार्यकर्ता भेलाबाट अनिल चौधरीको अध्यक्षतामा ३१ सदस्य गाउँपालिका कमिटी गठन भएको हो ।

उक्त भेला नेकपा ( एस) को केन्द्रिय सदस्य उपेन्द्र नारायण साहको प्रमुख आतिथ्यमा तथा नेकपा ( एस) मधेश प्रदेश समितका सदस्य दीप नारायण चौधरीको वशिष्ठ आतिथ्यमा सम्पन्न भएको थियो भने जिल्ला सदस्य , पुष्प बन्जारा, बुद्धिजीवी परिषदका जिल्ला उपाध्यक्ष कमल राई लगायतको सहभागिता रहेको थियो । उक्त भेला जिल्ला कमिटी सदस्य तथा अग्निसाइर कृष्णासवरन गाउँपालिका अध्यक्ष निरेश कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।












