६, चैत्र , कञ्चनरूप ।


नेपाली काँग्रेस सप्तरी क्षेत्र नंं. १ अन्तर्गत तिरहुत गाउँपालिकाका नवनिर्वाचित सभापति गियानु लगरवार पदाधिकारीहरूको पदस्थापन एवं प्रमाणपत्र वितरण गरिएको छ ।
सोमवार वार्ड नं १ को वडा कार्यालयमा नवनिर्वाचित गाउँपालिका स्तरीय समितिका पदाधिकारी र सदस्यहरूलाई पदको पदस्थापन तथा प्रमाण पत्र वितरण गरिएको हो ।

कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य दिनेश यादव , मधेश प्रदेशका सह महा मन्त्री , परशुराम चौधरी, काँग्रेस सप्तरी सभापति रामदेव साह,सप्तरी क्षेत्र नंं. १ का क्षेत्रीय सभापति ललन प्रसाद गुप्ता लगायत महाधिवेशन प्रतिनिधिहरू लगायतका पदाधिकारीहरूका सहभागिता थियो ।












