९ चैत्र, काठमाडौं ।


देशभरका यातायात व्यवस्था विभागका कार्यालयहरूको सेवा आज (बुधबार) बजेबाट अनिश्चितकालका लागि बन्द हुने भएको छ । विभागका सर्भरमा समस्या देखिएको र सो समस्या समाधान गर्न उक्त समस्या समाधान नभएसम्म सेवा बन्द गर्न लागिएको विभागले सूचना मार्फत जानकारी गराएको हो ।
यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले समस्या समाधान नभएसम्मका लागि यातायात कार्यालयहरूबाट प्रदान गरिने सबै समस्या अवरुद्ध हुने जानकारी दिए ।

विभागले सेवाग्राहीलाई हुन जाने असुविधाप्रति क्षमायाचना गरेको छ । यातायातको सर्भरमा पटक पटक समस्या हुँदै आएकाले विभागले पछिल्लो यो निर्णय गरेको हो । दृष्टिबाट













