Logo

एमाले नेतृ रञ्जु ठाकुर र उद्योगी अरुण प्रधान सहित दर्जनौँ जसपामा प्रवेश

                     
Logo ९ चैत्र २०७८, बुधबार १७:२८    

अम्बिका दहाल

९, चैत राजविराज ।

नेकपा एमाले  नेत्री  एवम् संविधान सभा सदस्य रञ्जु ठाकुर जनता समाजवादी पार्टीमा प्रवेश प्रवेश गरेकी छन ।

सप्तरीको राजविराजमा बुधबार आयोजित कार्यक्रममा एमाले नेत्री  एवम् संविधान सभा सदस्य रञ्जु ठाकुरलाई जसपा  राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले  पार्टीमा प्रवेश गराएका हुन ।

सोही कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष तथा सप्तरी उद्योग वाणिज्य संघका निर्वातमान अध्यक्ष समेत रहेका अरुण कुमार प्रधान जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

जसपा सप्तरीद्वारा राजविराजमा बुधबार आयोजित एक समारोहका बिच प्रधानको नेतृत्वमा सयौँ नेताकार्यकर्ता जसपामा प्रवेश गरेका हुन । अन्य पार्टी प्रवेश गर्नेहरूमा राजेन्द्र श्रेष्ठ, शिक्षिका संजिता मण्डल, रमेश श्रेष्ठ, सुशील काबरा, अनिल कुमार पेरिवाल, चतुरानन्द चौधरी, मिरा भगत, मनोज कुमार मगर, ललित  कुमार झा, निलम देवी झा, शिव कुमार राउत, साधना झा, सोनाम देवी देवि चौरसिया, जिबछी कुमारी झा, पुजा कुमारी झा, सञ्जय झा, ननक चौरसिया, मो. सोहरवा, गौरी शंकर झा, रामविर चौरसिया, विरेन्द्र कुमार यादव, नरेन्द्र झा, मञ्जरी झा लगायतका सयौँ नेताकार्यकर्ता जसपा प्रवेश गरेको जसपा सप्तरीका कोषध्यक्ष बृजमान तामाङमाले बताए ।  

जनता समाजवादी पार्टीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले नव प्रबेशीहरुलाई गम्छा, माला र अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव, केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादव, कार्यकारिणी समिति सदस्य एवम् मधेश प्रदेश सरकारका सामाजिक  विकास मन्त्री नवलकिशोर साह, प्रदेश २ सरकारका प्रवक्ता एवम् अर्थ मन्त्री शैलेन्द्र साह, केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् प्रदेश सभा मनिष कुमार सुमन, केन्द्रिय सदस्य एवम् विन्देश्वर प्रसाद यादव, केन्द्रीय प्रदेश सभा सदस्य नेत्रविक्रम साह लगायतका पार्टीका केन्द्रिय सदस्यहरू, मधेश प्रदेश समितिका पदाधिकारी, जिल्ला, केन्द्र र स्थानीयका नेताकार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?