Logo

माओवादी केन्द्र सप्तरीले शहीद यादव र भट्टराईको २० औ स्मृति मनाइयो 

                     
Logo ९ चैत्र २०७८, बुधबार १९:३८    

चैत ९ ,राजविराज ।

नेकपा (माओवादीकेन्द्र) सप्तरीको रुपनी गाउँपालिकाको रुपनीमा बुधबार शहीद अजब लाल यादव र वेद प्रसाद भट्टराईको स्मृतिमा २० औ श्रद्धाञ्जली  दिएका छन  । माओवादी केन्द्रको रुपनी गाउँ कमिटीको आयोजनामा यादव र भट्टराईको स्मृतिमा २० औ श्रद्धाञ्जली  दिएका छन  ।

माओवादीकेन्द्रको रुपनी गाउँ कमिटीका अध्यक्ष तथा जिसस सदस्य सिहेंश्वर  साहको सञ्चालनमा  तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज अशोक कुमार मण्डल (अमर),मधेश प्रदेश सदस्यत्रय महेश प्रसाद यादव, छेदी रजक, अरुण कुमार साह, जिल्ला सदस्यहरू भगवती यादव, रामगमन साह, गणपति साह, पत्रकार देवराम यादव, नेपाल राष्ट्रिय कर्मचारी महासङ्घ तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला समन्वय समिति सप्तरीको संयोजक छोटे लाल यादव, सह संयोजक मनोज यादव, सञ्जय सिंह, तेज नारायण यादव, लगायतकाले यादवको शालीकमा फुल,माला, अबिर लगाएर श्रद्धाञ्जली दिएका थिए । शहीद अजब लाल यादव धनुषा जिल्लाको सरसामान २०२३ सालमा जन्म भएको थियो भने तत्कालीन नेपाली सेनाले नियन्त्रणमा लिइ २०५८ साल चैत ९ गते सप्तरीको पौवा गाउँमा गोली हानेर मारेका थिए । त्यस बैला शहीद यादव सप्तरी, सिरहा, उदयपुर जिल्लाका इन्चार्जका जिम्मेवारीमा थिए । सो अवसरमा  शहीदहरूले बगाएको रगतलाई खेर हुन नदिन बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा माओवादी केन्दका उम्मेदवारलाई जिताउने भए मात्र शहीदहरू प्रति सच्चा श्रद्धाञ्जली हुने जिल्ला इन्चार्ज मण्डल बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?