Logo

कञ्चनरूपमा सर्प दंशबाट एक महिलाको मृत्यु

                     
Logo ९ चैत्र २०७८, बुधबार २०:२५    

९ चैत्र ,कञ्चनरूप ।

सर्पदंश कारण सप्तरीको कञ्चनरूपमा ६० बर्षिया महिलाको मृत्यु भएको छ ।

जिल्लाको कञ्चनरूप नगरपालिका वडा नं. १२ बस्ने धनमाया श्रेष्ठलाई  विषालु सर्पले डसे पछि  थप उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको बताइएको छ ।

मंगलबार दिउँसो खेतमा बाख्रा चराइरहेको बेला श्रेष्ठको खुट्टामा सर्पले टोकेको  पछि  तत्कालै श्रेष्ठलाई उपचारका लागि मंगलबार दिउँसै प्राथमिक स्वास्थ्य केन्द्र स्थित सर्पदंश उपचार केन्द्र कञ्चनपुरमा लगिएको थियो । सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना भई चिकित्सक र  स्वास्थ्यकर्मी को टिमले एन्टि भेनम  लगाई बिरामीको स्वास्थ्यमा सुधार भएर थप उपचारको लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?