Logo

घोषिन यादवद्धारा टेङ्गरीका अग्निपीडित ११ परिवारलाई राहत

                     
Logo १० चैत्र २०७८, बिहीबार १७:४१    

राहराजविराज, १० चैत्र । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउापालिकास्थित टेङ्गरीका अग्निपीडित ११ परिवारलाई आज यहाा राहत वितरण गरेका छन् ।घोषिन यादव उत्थान मंच नेपालद्धारा टेङगरीमा अग्निपिडित ११ जना परिवारलाई तत्काल घर निर्माण गर्नको लागि जस्तापाता(टिन) बितरण गरिएको हो ।घोषिन यादव उत्थान मंच नेपालका केन्द्रीय अध्यक्ष सोभितलाल पघैया यादवको अध्यक्षतामा पिडित परिवारहरुलाई तिन कैडोगरि अनुसार १० देखि ६ पिसका दरले घर निर्माण गर्न जस्तापाता(टिन) बितरण गरिएको मचका पुर्व सचिव मनोज तेथबारले बताए ।त्यस्तै अग्निपीडित १३ जना बालबालिकालाई शौक्षिक सामग्री समेत प्रदान गरिएको छ ।घोषिन यादव बन्दुबाट संकलन गरिएको राहत उक्त संस्थाले एक दर्जन कापी,१० पिस डट,१० पिस पेन्सील,२ पिसका दरले कटर, र १ पिस इलेजर लगायतका शैक्षिक सामग्रीहरु पिडित बालबालिकाको पढाईमा मदत पुग्ने गरि राहत दिइएको घोषिन यादव उत्थान मंचका केन्द्रीय सलहाकार नारायण प्रसैलाले जानकारी दिइए ।गत फागुन २८ गते राती आगलागी हुादा डम्बर यादव, दिनेश यादव, फुलदेव यादव, श्याम यादव, भोला यादव, मनोज कुमार यादव, महेश यादव, बृजनारायण यादव, सत्यनारायण यादव,अर्मेन्द्र यादव र उपेन्द्र यादवको करोडौंको धनसम्पती जलेर नष्ट भएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?