Logo

अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नं २ मा नेकपा एसको ३१ सदस्य वडा कमिटी गठन

                     
Logo १२ चैत्र २०७८, शनिबार ०६:४९    

१२,चैत्र, कञ्चनरूप ।

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नं. २ मा चैत्र १२ नेकपा ( एकीकृत समाजवादी ) को ३१ सदस्य वडा स्तरीय कमिटी गठन भएको छ ।

अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नं. २ स्तरीय कार्यकर्ता भेलाबाट शिव चन्द्र चौधरीको अध्यक्षतामा ३१ सदस्य गाउँपालिका कमिटी गठन भएको हो ।

उक्त भेला नेकपा ( एस) को केन्द्रिय सदस्य उपेन्द्र नारायण साहको प्रमुख आतिथ्यमा तथा नेकपा ( एस) मधेश प्रदेश समितका सदस्य दीप नारायण चौधरीको वशिष्ठ आतिथ्यमा सम्पन्न भएको थियो भने जिल्ला सदस्य , पुष्प बन्जारा, जिल्ला सचिवालय सदस्य बिस्णु देव चौधरी ,स्वतन्त्र बामपंथी विध्यान्नद चौधरी लगायतको सहभागिता रहेको थियो । उक्त भेला जिल्ला कमिटी सदस्य तथा अग्निसाइर कृष्णासवरन गाउँपालिका अध्यक्ष निरेश कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?