Logo

कञ्चनरूपमा बजाजको मोटरसाइकल सोरुम सञ्चालनमा

                     
Logo १६ चैत्र २०७८, बुधबार ०७:५०    

१६ चैत्र, कञ्चनरूप ।

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले सप्तरीको कञ्चनपुरमा  नयाँ सोरुम “खान अटोमोबाइल्स इलेक्ट्रोनिक सप्तरी प्रा. लि.” को उद्घाटन गरेको छ  । बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस  उपलब्ध गराउने उद्देश्यले कञ्चनपुरमा पनि सोरुम सञ्चालनमा ल्याएको ।

यस उद्देश्यलाई सार्थक बनाउन खान अटोमोबाइल्स इलेक्ट्रोनिक सप्तरी प्रा.लि प्रोपराइटर कलिल खानलाई डिलर सीप प्रदान गरिएको छ । बजाज ग्राहकहरूले खरिद गरेको सामाग्रीको अधिकतम महत्व प्रदान गर्न सधै प्रतिबद्ध रहेको छ । नयाँ सोरुमले ग्राहकहरूलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकहरूलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।

नयाँ सोरुम शुभारम्भ गर्दै कञ्चनरूप नगरपालिकाका नगर प्रमुख बसन्त कुमारले गरेका थिए ।

 


लोकप्रिय छुटाउनुभयो कि ?