१६ चैत्र , कञ्चनरूप ।


२०७९ वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि सप्तरीको कञ्चनरूप नगरपालिकामा २५ मतदान स्थल र ४७ वटा केन्द्र तोकिएको छ भने ३५ हजार ३ सय १३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
कञ्चनरूपमा २०७४ को स्थानीय चुनावमा २९ हजार २ सय ७९ मतदाता थिए भने ५ वर्षको अवधिमा ६ हजार ३४ जना थपिदा ३५ हजार ३ सय १३ जना मतदाता पुगेका हुन ।

पालिकाको वडा नं. १ मा २ वटा मतदाता स्थल छ भने ३ हजार ५४ जना मतदाता रहेका छन । यस्तै वडा नं. २ मा २ वटा मतदाता स्थल र २ हजार ६ यस ९१ जना मतदाता, वडा नं. ३ मा २ वटा मतदाता स्थल र २ हजार ५३ जना मतदाता, वडा नं. ४ मा २ वटा मतदाता स्थल र ३ हजार २ यस ३५ जना मतदाता, वडा नं. ५ मा २ वटा मतदाता स्थल र २ हजार ७ यस २२ जना मतदाता र वडा नं. ६ मा २ वटा मतदाता स्थल र ३ हजार ३ यस २७ जना मतदाता रहेका छन ।
यसै गरी वडा नं. ७ मा ३ वटा मतदाता स्थल र २ हजार ४ यस ५८ जना मतदाता, वडा नं. ८ मा ३ वटा मतदाता स्थल र ४ हजार ३ यस ६० जना मतदाता, वडा नं. ९ का १ वटा मतदाता स्थल र २ हजार ६ यस ३४ जना मतदाता, वडा नं. १० मा १ वटा मतदाता स्थल र १ हजार ७ यस ८२ जना मतदाता, वडा नं. ११ मा २ वटा मतदाता स्थल र ३ हजार ९ यस ३७ जना मतदाता छन भने वडा नं. १२ को ३ वटा मतदाता स्थल र ३ हजार ६० जना मतदाता रहेको निर्वाचन कार्यलयले उल्लेख गरेको छ ।
जिल्लाका अन्य पालिकाहरूको अवस्था
अग्निसाइर कृष्णासवरन गाउँपालिकामा १३ मतदानस्थलमा १८ हजार ९ सय ३७ जना मतदाता
कञ्चनरूप नगरपालिकामा २५ मतदानस्थलमा ३५ हजार ३ सय १३ जना मतदाता
खडक नगरपालिकामा २४ मतदानस्थलमा ३१ हजार ३६ जना मतदाता
छिन्नमस्ता गाउँपालिकामा १३ मतदानस्थलमा १७ हजार ७ सय ५७ जना मतदाता
डाक्नेश्वरी नगरपालिकामा २१ मतदानस्थलमा २८ हजार ४ सय ३५ जना मतदाता
तिरहुत गाउँपालिकामा ११ मतदानस्थलमा १४ हजार ६ सय ५४ जना मतदाता
तिलाठी कोइलाडीमा गाउँपालिकामा १६ मतदानस्थलमा १९ हजार ६ सय ४१ जना मतदाता
राजगढ गाउँपालिकामा १३ मतदानस्थलमा १८ हजार ५ सय ६० जना मतदाता
बोदे बरसाइन नगरपालिकामा १८ मतदानस्थलमा २७ हजार ६ सय ५५ जना मतदाता
महदेवा गाउँपालिकामा १३ मतदानस्थलमा १६ हजार ८ सय ५० जना मतदाता
राजविराज नगरपालिकामा २७ मतदानस्थलमा ३९ हजार ६ सय ९२ जना मतदाता
रुपनी गाउँपालिकामा १२ मतदानस्थलमा १८ हजार १ सय ६५ जना मतदाता
बलान बिहुल गाउँपालिकामा ९ मतदानस्थलमा १४ हजार ४ सय १८ जना मतदाता
विष्णुपुर गाउँपालिकामा १० मतदानस्थलमा १५ हजार ६७ जना मतदाता
शम्भुनाथ नगरपालिकामा १७ मतदानस्थलमा २३ हजार ८ सय ६३ जना मतदाता
सप्तकोसी नगरपालिकामा ११ मतदानस्थलमा १५ हजार ४ सय ६१ जना मतदाता
सुरुङ्गा नगरपालिकामा २३ मतदानस्थलमा २९ हजार ५१० जना मतदाता
हनुमाननगर कंकालिनी नगरपालिकामा २१ मतदानस्थलमा २७ हजार ४ सय ३५ जना मतदाता
सप्तरीमा कूल चार लाख १२ हजारभन्दा बढी मतदाता छन् । दुई लाख १३ हजार ८ सय ९२ पुरुष, एक लाख ९८ हजार ५ सय ३२ महिला र २१ जना तेश्रो लिङ्गी गरी चार लाख १२ हजार ४ सय ४५ मतदाता रहेको जिल्ला निर्वाचन ले जनाएको छ । ।












