१६ चैत्र ,राजविराज ।


नेपाल पत्रकार महासङ्घको ६७ औं स्थापना दिवसको अवसरमा आज (बुधबार) देशका भर विभिन्न कार्यक्रम गरी मनाइ रहँदा सप्तरी शाखाले प्रभातफेरी तथा रक्तदान कार्यक्रम गरेर मनाएको छ ।
६७ औं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीद्वारा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल भित्र रहेको नेपाल रेडक्रस सोसाइटीको शाखा सप्तरीमा आयोजित रक्तदान पत्रकार ,नेपाल प्रहरी र सशस्त्र प्रहरीले १६ जनाले रक्तदान गरेका छन् ।

सप्तरीका अध्यक्ष श्रवणकुमार देव, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख अभिनारायण काफ्ले, नेपाल प्रेस युनियन शाखा सप्तरीका पूर्व अध्यक्ष ओम प्रकाश साह, दिपेश देव, रक्षा कुमारी चौधरी, रमानन्द देव, शैलेश कर्ण, रामनारायण यादव लगायतले रक्तदान गरे थिए ।
प्रभातफेरिमा शाखा सप्तरीका पूर्व अध्यक्षहरू वरिष्ठ पत्रकार सहित महासंघ आवद्ध पत्रकारहरू सहभागी भई नगरपरिक्रमा गरेका थिए ।













