Logo

सप्तरीको कञ्चनरूपमा जसपाको तर्फबाट मेयरको उम्मेदवार बन्दै भोला पासवान

                     
Logo १७ चैत्र २०७८, बिहीबार १२:३२    

चैत्र १७ , कञ्चनरूप   

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सप्तरीको कञ्चनरूप नगरपालिकाको मेयर काली भोलाकुमार पासवानले जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवारी दिने भएका छन ।

जसपा पार्टीको स्थानीय तहहरूमा चैत्र १५ गतेसम्म वडा तहबाट उम्मेदवारको नामावली प्रस्ताव गर्न  केन्द्रको निर्देशन बमोजिम कञ्चनरूप नगरप्रमुखको उम्मेदवारमा सर्वसम्मत रुपमा नाम प्रस्ताव गरेको जसपाको नगर अध्यक्ष सुदम्बर  यादवको बताएका छ ।

यसै गरी नगर उपप्रमुखमा कञ्चनरूप नगरपालिका –५ की कल्पना चौधरी, वडा नम्बर ७ की मंजिला कुमारी सरदार र सोही वडाकी ममता कुमारी महतोले उम्मेदवारी प्रस्ताव गरेकी हुन् । वडा कार्यसमितिबाट आएको नामलाई  नगर कार्यसमितिबाट निर्णय गरेर पठाउने र नगरमा निर्णय हुन नसकेको खण्डमा जिल्ला कार्यसमितिमा पठाउने व्यवस्था रहेको अध्यक्ष यादवको बताए ।

जसपाले नगरप्रमुख पदमा उम्मेदवार बनाएका पासवान विगत २० बर्ष देखी पत्रकारिता र समाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको अध्यक्ष यादवले जानकारी गराए ।  


लोकप्रिय छुटाउनुभयो कि ?