१७, चैत्र ,राजविराज ।


म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको महदेवा गाउँपालिका वडा नम्बर २ बस्ने २३ वर्षीया अरबिन्द कुमार मण्डल रहेको प्रहरीले जनाएको छ ।

म्यादी प्रहरीमा जागिर लगाई दिन्छु भन्दै विभिन्न व्यक्तिहरूसँग रकम असुल गरेको आरोपमा मण्डललाई पक्राउ प्रहरीले जनाएको छ ।
मण्डललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।












