१८ चैत्र , कञ्चनरुप ।


सप्तरीको खडक नगरपालिका –५ रंजितपुर सडक खण्डमा सडक दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वतर्फ आउँदै गरेको विद्युत कार्यालय बोधे बर्साइन सप्तरीको प्रदेश २–०१–००१ च ०३३४ नम्बरको बोलेरोलाई विहीवार साँझ पछाडिबाट ना ७ ख २६५८ नम्बरको ट्रिपरले ठक्कर दिँदा बोलेरो चालक जिल्लाको बोधे बर्साइन नगरपालिका–५ का २६ वर्षीय शिवराज यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारको लागि अस्पतालतर्फ पठाउने क्रममा मृत्यु भएको जनाएको छ ।
दुर्घटनामा घाइते भएका अन्य बोधे बर्साइन नगरपालिका –१० का ३० वर्षीय शैलेश यादव, सोही ठाउँका ३० वर्षीय महेश चौधरी, वडा नम्बर ५ का २६ वर्षीय बृजेश कुमार यादव, ३० वर्षीय जय शंकर साह र सिरहाको लहान नगरपालिका –८ का ३५ वर्षीय अरुण कुमार सिंहको उपचार भइरहेको प्रहरीले उल्लेख गरको छ । ।
ट्रिपर र चालकलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।












