१८ चैत्र, कञ्चनरूप ।


सप्तरीको कञ्चनरूप नगरपालिका १२ मा नेपाली कांग्रेसको ७ सदस्य टोल कमिटी गठन भएको छ ।
कञ्चनरूप नगरपालिका १२ को सुन्दरी टोलमा वडा स्तरीय कार्यकर्ता भेलाबाट अजिजुल अलीको अध्यक्षतामा ७ सदस्य टोल कमिटी गठन भएको हो । जिल्ला कमिटी सदस्य कुदरत अलीको अध्यक्षतामा सम्पन्न भेलाबाट सर्व सर्वसम्मत टोल कमिटी गठन भएको बताइएको छ । उक्त भेला नेपाली कांग्रेसका नेता डा. सुबोध पोखरेल , निरू पोखरेल , वडा सभापति टंकबहादुर राउत, जित बहादुर श्रेष्ठ, सुरज पोखरेल लगायतका पदाधिकारी रहेको उपस्थिति हेको थियो।

यसै गरी कञ्चनरूप नगरपालिका वडा नं १२ मा १७ चैत्रमा राजकुमार अधिकारीको अध्यक्षतामा ९ सदस्यीय टोल कमिटी गठन सम्पन्न भएको बताइएको छ ।












